पोर्चुगलमा कार्यरत नेपालीमा कोरोना भाईरस संक्रमण !

७४ नेपाली क्वारेन्टाइनमा

अपडेट –

७४ नेपाली नागरिकलाई कोरोना संक्रमणको आशंका गर्दै पोर्चुगलको फारोमा रहेको एक स्कुलमा क्वारेन्टाइनमा राखिएको छ। ७४ मध्य ६ नेपाली नागरिकमा कोरोना भाईरसको संक्रमणसँग मिल्दो जुल्दो लक्षणहरु देखिएको छ।

अप्रवासी नेपाली कामदारहरु क्वारेन्टाइन अवधिभर सेन्ट अन्टोनियोमा रहेको उक्त स्कुलमा श्वास्थ अधिकारीहरुको निगरानीमा रहेने छन।

यस अघी प्रकासित –

पोर्चुगलको फारोमा कृषि मजदुरको रुपमा ग्रामीण इलाकामा काम गर्ने एक नेपाली नागरिकलाई कोरोना संक्रमण भएको समाचार आएको छ। फारो नगरपालिकाका मेयर रोगिरियो बाकलहाउले उक्त समाचारको पुष्टी गरेका छन्।

फारोका मेयरका अनुसार स्वास्थ्य निर्देशनालयको मस्यौदाले कोरोना संक्रमित नेपाली सहित अन्य नयाँ बिरामीको बारे पुष्टि भएको हो।

कोरोना संक्रमित कृषि मजदुर नेपाली नागरिक भएको प्रमाणित भए पनि उनको ब्यक्तिगत बिवरणको बारेमा केही खुलाईएको छैन। साथै कोरोना संक्रमित ती नेपाली लगायत बिरामीको सम्पर्कमा कति जना मानिसहरु रहेका थिए र अन्यलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने बारे अनुसन्धान भईरहेको छ।

फारोका मेयरले स्थानीयहरुलाई “घरमै रहन र धेरै मानिसहरू भएको ठाउँमा नजान, क्याफेमा जान र भेला नहुन ” र सरकार र सरकारी अधिकारीहरूको निर्देशनलाई पालना गर्न अपील गरेका छन।

पोर्चुगलमा अहिलेसम्म २४५ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।
https://sicnoticias.pt/especiais/coronavirus/2020-03-16-Seis-nepaleses-com-sintomas-de-Covid-19-em-Faro?fbclid=IwAR3pawWwbWZNQUwY6Mw-yfNgGhomZsebYo4lkAvyIqGzbHnONokUnUCPR0I