शरीरमा पेट्रोल छर्केर आगो लगाएका गणेश नेपालीको उपचारको क्रममा निधन 

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडी बिहीवार दिउँसो आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारको क्रममा आज बिहान करिब ११ बजे वीर अस्पतालमा मृत्यु भएको छ। हिजो घटना लगत्तै प्रहरी र सर्वसाधारणले उनलाई वीर अस्पताल पुर्‍याएका थिए।
राहदानी विभाग अगाडी मोटरसाइकल रोकेको बिषयमा काठमाडौं नगर प्रहरीसंग विवाद परेको र पछि उनले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेको आफन्तको दाबी छ। यस क्रममा तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अगाडि बढाइएको पनि जनाइएको छ।