आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार (यमपञ्चक) पर्व

चाडपर्व

 

विधिवत् आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार (यमपञ्चक) पर्व सुरु भएको छ ।
काग तिहार, कुकुर तिहार, गाई तिहार,लक्ष्मीपूजा र भाई टिका गरी ५ दिन सम्म तिहार मनाइन्छ । यस पटक कात्तिक ६ गते बिहीबार भाइटीका परेको छ। भाइटीकाको शुभ साइत बिहान ११ः३९ बजे रहेको तथा भाइटीका लगाइमाग्ने दाजुभाइ पश्चिम फर्केर बस्नुपर्छ र लगाइदिने दिदीबहिनी भने पूर्व फर्कनुपर्ने जनाइएको छ।