नयाँ प्रदेश प्रमुखहरुको नाम सिफारिस

१८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को आज सोमबार बसेको सचिवालय बैठकले सातवटै प्रदेशका लागि नयाँ प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । आइतवार मात्र  राष्ट्रपतिले  मन्त्रिपरिषदको सिफारिसमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा नियुक्त भएका प्रदेश प्रमुखहरुलाई बर्खास्त गरेको थियो।

नेकपाले अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव, गोविन्द कलौनी, विष्णु प्रसाई र शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरिएको हो ।