नवनियुक्त तीन जना मन्त्रीले शपथ लिए संगै कार्यभार सम्हाले
३० भदौ, काठमाडौँ । नवनियुक्त तीन जना मन्त्रीले सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेल संग पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
नवनियुक्त अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा कुलमान घिसिङ र गृह, कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा ओम प्रकाश अर्यालले शपथ लिएका छन् ।
शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत नेपाल सरकारका विशिष्ट अधिकारीहरूको उपस्थिति रहेको थियो ।
शपथ ग्रहण पछी तिनै जना नवनियुक्त मन्त्रिहरुले आ-आफ्नो मन्त्रालयमा गएर कार्यभार सम्हालेका छन्।








