एक किलोग्राम अब एक किलोग्राम रहेन

बैज्ञानिकहरुले किलोग्रामलाई नयाँ रुपले परिभाषित गर्न सर्वसम्मत मन्जुरी दिएका छन।

किलोग्रामलाई नयाँ रुपले परिभाषित गर्न ५० भन्दा धेरै देशका बैज्ञानिकहरुले सर्वसम्मती सहित मन्जुरी दिएका छन।

हालसम्म प्लेटिनमबाट बनेको एउटा सिलको वजनले किलोग्राम परिभाषित गरिने मान्यता छ जसलाई “ली ग्रेंड के” भनिन्छ । उक्त प्लेटिनमको सिल पश्चिमी पेरिसको इंटरनेशनल ब्यूरो अफ वेट्स एंड मेज़र्स (बीआईपीएम) मा सन १८८९ देखी रहेको छ ।

फ़्रांसको वर्साइल्समा ‘वेट एन्ड मेज़र्स’ सम्बन्धी भएको अन्तराष्ट्रिय बैज्ञानीकहरुको सम्मेलनमा किलोग्रामको परिभाषा परिवर्तन गर्ने बिषयमा भएको मतदान पश्चात उक्त निर्णय गरिएको हो । बहुमत बैज्ञानिकहरु किलोग्रामलाई यान्त्रिक र विद्युत चुम्बकीय उर्जाका आधारमा परिभाषित गरिनु पर्ने पक्षमा रहेका थिए ।

किलोग्राममा हुने परिवर्तनले मानिसको दैनिक जीवनलाई भने प्रभाबित गर्ने छैन। तर सटिक मापनहुने उद्योग र बिज्ञान जस्ता क्षेत्रमा यसको ब्यवहाँरिक प्रयोग हुनेमा बैज्ञानिकहरु आशाबादी रहेका छन।

अन्तराष्ट्रिय एसआई (SI) मापन प्रणालीमा किलोग्राम सात आधारभुत एकाइहरु मध्य एक मात्र एकाइ हो जुन अहिले सम्म एउटा भौतिक बस्तु द्वारा परिभाषित गरिन्छ । ‘ली ग्रैंड के’ लन्डनमा निर्मित ९० प्रतिशत प्लेटिनम र १० प्रतिशत इरिडियम बाट निर्मित ४ सेन्टिमिटरको एक सिलिन्डर हो जसलाई पश्चिमी पेरिसको इंटरनेशनल ब्यूरो अफ वेट्स एंड मेज़र्स (बीआईपीएम) मा सन १८८९ देखी सुरक्षित राखिएको छ । हावा तथा अन्य प्राकृतिक कारण द्वारा भौतिक बस्तुबाट परमाणुहरु सजिलै क्षय हुन सक्ने तथा प्रदुषणले पनि असार पार्ने हुँदा, यसको मात्रा माइक्रोग्राममा पटक पटक परिमार्जन गरिएको थियो। अर्थात किलोग्राम र स्तर मापनका निम्ती विश्वभरी पयोग गरिने “ली ग्रेंड के” का नक्कलप्रती (प्रोटोटाइप) द्वारा गरिने मापन गलत हुन सक्ने सम्भावना धेरै थियो ।

भविष्यमा किलोग्रामलाई “किब्बल” वा “वाट बैलेंस” का उपयोग द्वारा मापन गरिनेछ। एउटा यस्तो उपकरणको प्रयोग गरिनेछ जसले भौतिक बस्तुको साटो यान्त्रिक र विद्युत चुम्बकीय ऊर्जाको प्रयोग गरेर सटिक र सहित मापन तथा गणना गर्दछ। नयाँ बिधीको प्रयोगपछी किलोग्रामको परिभाषा भबिष्यमा न त परिवर्तन गर्न सकिनेछ न त किलोग्रामको मुल मापनलाई परामाणुको प्राकृतिक क्षय र प्रदुषणले नै कुनै असार पार्नेछ । अर्थात सन २०१९ मे २० प्रयोगमा आउने आशा गरिएको किलोग्रामको नयाँ परिभाषाले संसारभरी किलोग्रामको सटिक र सही मापन उपलब्द हुनेछ ।

सन्दर्भ सामाग्री
Die Deutsche Welle
BBC / BBC Hindi