कोरोना भाइरस बिरुद्द भ्याक्सिनको बिकास हुँदै – जर्मनी र अमेरिका बिच प्रतिस्पर्धा।

भ्याक्सिनको बैधानिक स्वामित्व "अमेरिकाको निम्ती मात्रै" बनाउन राष्ट्रपति ट्रम्पले प्रयास गरेको खुलासा !

जर्मन र अमेरिकि सरकार जर्मनीमा रहेको क्युरभ्याक (CureVac) नामक खोप (भ्याक्सिन) बिकास गर्ने कम्पनी (प्रयोगशाला) ले कोरोना भाईरस बिरुद्ध बिकास गर्दै गरेको भ्याक्सिनको स्वामित्व लिनका निम्ती कडा प्रतिस्पर्धा गरीरहेको एक जर्मनी पत्रीका “भेल्ट आम सोन्टाग (Welt am Sonntag)” ले सार्वजनिक गरेको छ।

उक्त जर्मन पत्रीकाले सुचनाको श्रोतलाई गोप्य राख्दै – अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा कोरोना बिरुद्धको भ्याक्सिन बिकासमा काम गर्दै गरेका जर्मन बैज्ञानिकहरुलाई ठुलो धनरासी प्रस्ताव गर्दै उक्त भ्याक्सिनको अधिकारिक स्वामित्वमा पूर्णरुपमा अमेरिकी नियन्त्रण कायम गर्न प्रयास गरेको खुलासा गरेको छ। जर्मन सरकारको एक गोप्य श्रोतलाई उल्लेख गर्दै – कोरोना बिरुद्द बिकास हुँदै गरेको भ्याक्सिनको बैधानिक स्वामित्व “अमेरिकाको निम्ती मात्रै” बनाउन राष्ट्रपति ट्रम्पले सबै प्रयास गरेको उक्त पत्रीकाले जनाएको छ। यस बाहेक उक्त कम्पनीलाई जर्मनीमै रहेर खोप बिकासको कार्य अघी बढाउन जर्मन सरकारले पनि आर्थिक सहयोगको प्रस्तावको प्रयास गरेको पत्रीकाले उल्लेख गरेको छ। जर्मन स्वास्थ्य मन्त्रालयका प्रवक्ताले उक्त कम्पनीसँग भएको गहन छलफल बारे पत्रीकालाई जानकारी गराउदै कोरोना बिरुद्द भ्याक्सिनको बिकास र प्रयोग जर्मनी र युरोपमा सुरु गर्न जर्मन सरकार अत्यन्तै इच्छुक रहेको बताएका छन। यस बिषयमा सम्बन्धित कम्पनी क्युरभ्याक (CureVac) ले भने प्रतिकृया दिन अस्विकार गरेको छ।

दक्षिण जर्मन सहर टुबिङेनमा रहेको उक्त कम्पनीले जर्मन सरकारसँग सम्बन्धित पाउल एर्लिख इन्स्टिचुय्ट (Paul-Ehrlich-Institute)नामक अनुसन्धान केन्द्र सँग सहकार्य गर्ने गर्दछ। टुबिङेन बाहेक उक्त कम्पनीका शाखा जर्मनीकै फ्र्यान्क्फर्ट र अमेरिकाको बोस्टनमा पनि रहेका छन। शुक्रबार क्युरभ्याक (CureVac) कम्पनीका सह संस्थापक तथा उत्पादन प्रमुख “फ्लोरियान फोन डेर मुल्बे” ले रोयटर्सलाई जानकारी गराए अनुसार – कोरोना बिरुद्ध सम्भाबित थुप्रै भ्याक्सिनहरु बारे अनुसन्धान सुरु भएको र त्यस मध्य उत्कृष्ट दुईलाई क्लिनिकल टेष्टका निम्ती छानिने छ। कम्पनीका अनुसार २०२० को जुन जुलाई सम्म प्रयोगात्मक भ्याक्सिनको उत्पादन हुन सक्ने र लगत्तै मानिषमा प्रयोग गर्ने स्वीकृति पाउन सकिने सम्भावना रहेको छ।

चीनबाट सुरु भएको कोभिड -१९ भाईरसको सन्क्रमणबाट विश्वभरी १,५९,००० भन्दा धेरै ब्यक्ती सन्क्रमित हुँदा ५,९०० बढीको मृत्‍यु भईसकेको छ भने लगभग ७५,००० उपचार पछी श्वस्थ भएका छन।

२ मार्चमा क्युरभ्याक (CureVac) कम्पनीका तात्कालिन प्रमुख कार्यकारी अधिकृत “डेनिएल मेनिकेला” ले राष्ट्रपति ट्रम्प र उनले गठन गरेको कोरोना टास्क्फोर्सका सदस्यहरुसँग व्हाईटहाउसमा कोरोना बिरुद्ध भ्याक्सिन निर्माणका बारे गोप्य बैठक गरेका थिए। लगत्तै ११ मार्चमा कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा मेनिकालाको साटो कम्पनीका संस्थापक “इङ्मार होएर” लाई नियुक्त गरेको जनाएको छ तर यसको कारण भने गोप्य राखिएको छ।