बंगलादेशी फिल्म ‘हाङ्गोर’ मार्फत अन्तर्राष्ट्रिय अभिनय यात्राको सुरुवात गर्दै अभिनेता प्रमोद अग्रहरी

चलचित्र

 

काठमाडौं । नेपाली चलचित्रमा सशक्त अभिनय मार्फत राम्रो छाप बनाइरहेका अभिनेता प्रमोद अग्रहरीले बंगलादेशी चलचित्र मार्फत अन्तर्राष्ट्रिय अभिनय यात्राको औपचारिक सुरुवात गरेका छन्।

उनको बंगलादेशी एक्सन चलचित्र ‘शार्क’ (बंगाली नाम ‘हाङ्गोर’) मार्फत डेब्यु गरेको टिजर सार्वजनिक भएको छ। चलचित्रको टिजरमा प्रमोद एक्सन अवतार सहित प्रमुख भूमिकामा देखिएका छन्। १ मिनेट लामो टिजरमा समुन्द्रको बीचमा खलपात्रहरु संग भिडिरहेको दृश्यले चलचित्रको एक्सन कथावस्तुको झलक दिएको छ । उक्त चलचित्र को पहिलो अफिसियल पोस्टर पनि सार्वजनिक भएको छ जसमा अभिनेता प्रमोदको एक्सन रुपलाई नै प्राथमिकता दिइएको छ।

नेपाली सिनेमा पिताम्बर, रावायण र अगस्त्य च्याप्टर १ लगायतमा गरेको एक्सन भूमिकाबाट प्रभावित भएर बंगलादेशी चलचित्र निर्देशक ट्यानमोइ सुर्जोले उनलाई छनोट गरेका हुन्।  यो चलचित्रको छायांकन ढाकामा गरिएको हो।

चलचित्र २०२६ को इदमा प्रदर्शन हुने तयारीमा छ।