आईसीसी टी-२० विश्वकप छनौटमा आज नेपाल र ओमान भिड्दै
खेलकुद
२९ असोज, काठमाडौं । ओमानमा भैरहेको आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्स अन्तर्गतको खेलमा आज बेलुका ८:४५ बजे नेपालले ओमानसँग खेल्दै छ । नेपालले आजको खेलमा बिजयी भए विश्वकपमा छनोट हुनेछ ।
सुपर सिक्स अन्तर्गतका अघिल्ला खेलमा नेपाल र ओमानले कतार र यूएईलाई हराएका थिए । नेपालले सुपर सिक्स अन्तर्गतको अन्तिम खेलमा शुक्रबार सामोआसँग खेल्नेछ।








