आईसीसी टी-२० विश्वकप छनौटमा नेपालको विजयी सुरुवात

खेलकुद

२२ असोज, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको बुधबार राति भएको खेलमा कुवेतलाई हराएर नेपालले विजयी सुरुवात गरेको छ ।
ओमानमा भैरहेको यस प्रतियोगिताको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हरायो । १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रनमा अलआउट भयो ।

नेपालका लागि ललित राजवंशीले २ विकेट,सन्दीप लामिछानेले २ विकेट, रोहित पौडेलले २ विकेट तथा कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले १-१ विकेट लिए ।

त्यस्तै ब्याटिङ्गमा कुशल भुर्तेल ६६, दीपेन्द्रसिंह ऐरी २०, गुल्शन झा २०, कप्तान रोहित पौडेल १६,सन्दीप जोरा ५, कुशल मल्ल ४ र आसिफ शेखले २ रन बनाए।

यो जितसँगै नेपाल सुपर सिक्समा पुग्ने पक्का भएको छ । अब नेपालले समूह चरणको अर्को खेलमा शुक्रबार जापानसँग खेल्नेछ ।