सांघाई सहयोग संगठनको सम्मेलनमा भाग लिन चीन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको विभिन्न देशका सरकार प्रमुखसँगको भेटघाटका कार्यक्रमहरु जारी
१५ भदौ, काठमाडौं । सांघाई सहयोग संगठनको २५ औं शिखर सम्मेलनमा भाग लिन शनिबार चीनको तियान्जिन सहरमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबारदेखि नै विभिन्न देशका सरकार प्रमुख सँगको भेटघाटका कार्यक्रमहरु जारी रहेका छन ।
प्रधानमन्त्री ओलीले शनिबार चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटघाट गरेका थिए । उक्त भेटमा नेपालको लिपुलेकको भूमिबाट भारत र चीनले व्यापार गर्ने सहमतिप्रति आपत्ति जनाएका थिए ।
आइतबार भियतनामका प्रधानमन्त्री मिन चिङ, मालदिभ्सका राष्ट्रपति मोहम्मद मइजुसँग भेट गरेका छन्। सोमबार रुसका राष्ट्रपति पुटिन र क्याम्बोडियाका राष्ट्रपति हुन मानेटसँग भेटबार्ता गर्नेछन् । भारतका प्रधानमन्त्री मोदीसँगको भेटघाटको टुंगो लागिनसकेको बताइएको छ।
भोलिदेखि औपचारिक रुपमा शुरु हुने सांघाई सहयोग संगठनको २५ औं शिखर सम्मेलनमा सहभागी हुन विभिन्न देशबाट राष्ट्र तथा सरकार प्रमुखहरुको आगमन जारी रहेको छ ।








