कक्षा १२ को परिक्षाफल सार्वजनिक
६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण र ३८.८३ विद्यार्थीको एनजी (ननग्रेडेड)
१९ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परिक्षाफल सार्वजनिक गरेको छ।
नतिजा अनुसार परिक्षामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन भने ३८.८३ विद्यार्थीको एनजी (ननग्रेडेड) आएको छ ।
कक्षा १२ को परिक्षा यस पटक नियमित तालिका भन्दा ढिलोगरी गत २१ वैशाख देखि शुरु गरिएको थियो ।
५ हजार २०२ विद्यालयका नियमिततर्फ १ लाख ९८ हजार ८७५ छात्र र १ लाख ९७ हजार १३ छात्रा गरी ३ लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ १ लाख १५ हजार ६१७ जना गरी कुल ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।
साथै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते गर्ने जानकारी गराइएको छ ।
परिक्षाफल थाहा पाउन राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np हेर्न सकिन्छ। त्यस्तै एसएमएस सेवामा NEB Symbol No. टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा पाउन सकिन्छ। यसैगरी आईभीआर सेवा अन्तर्गत नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार तथा यूएसएसडी सेवामा गई *१६०१# नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार पनि नतिजा हेर्न सकिन्छ ।








