पछिल्लो २४ घण्टामा अधिकांश पहाडी भूभागमा उल्लेख्य वर्षा

मधेशमा भने पर्याप्त वर्षा हुन नसक्दा पानीको हाहाकार

 

 

बंगालको खाडीबाट आएको मनसुनी वायुको प्रभावले गर्दा गए राति देखि देशका अधिकांश स्थानमा वर्षा भैरहेको बताइएको छ। पछिल्लो २४ घण्टामा अधिकांश पहाडी भूभागमा वर्षा भइरहेको छ भने मधेश र सुदूरपश्चिम प्रदेशमा भने अलि कम वर्षा भएको जनाइएको छ। बर्षाका कारण मुख्य नदीहरुमा बहाब बढ्ने हुनाले जोखिमबाट बच्न सावधानी अपनाउन भनिएको छ।
पछिल्लो पटक मधेशमा भने पर्याप्त वर्षा हुन नसक्दा पानीको हाहाकार भैरहेको छ। मधेशका धेरै ठाउँमा बर्षा नहुनाले रोपाइँ पनि हुन सकेको छैन भने रोपाईं भएका ठाउँहरुमा पनि खडेरीले गर्दा खेतमा चिरा पर्न थालेका छन। मधेस प्रदेशका ८ जिल्लालाई सरकारले संकटग्रस्त घोषणा गरिसकेको छ। मधेशमा वर्षा र जल संकटको प्रमुख कारण चुरे विनाशलाई मानिदै आएको छ।