पर्वतमा गए राती पहिरोमा एक घर पुरिँदा वृद्ध दम्पती बेपत्ता
पर्वत लगायत आसपासका क्षेत्रमा गएरातिदेखि ठुलो वर्षा
४ साउन, काठमाडौँ । पर्वत जिल्लाको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा गए राती पहिरोमा एक घर पुरिँदा वृद्ध दम्पती ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती विश्वकर्मा बेपत्ता भएका छन् ।
उक्त पहिरोमा ३२ वर्षीय बुहारी भने भागेर बाच्न सफल भएकी छन् साथै उद्धारकार्य जारी रहेकोले थप बिवरण आउन बाकी रहेको छ ।
पर्वत लगायत आसपासका क्षेत्रमा गएरातिदेखि ठुलो वर्षा भइरहेको जनाइएको छ।








