साफ अन्डर २० महिला च्याम्पियनसिपमा नेपाली महिला टोली श्रीलंकासंग ७ – ० ले बिजयी

मीना देउवाले गरीन ह्याट्रिक

 

बङ्गलादेशको ढाकामा भइरहेको साफ अन्डर २० महिला च्याम्पियनसिपमा नेपाली महिला टोलीले आफ्नो तेश्रॊ खेलमा मंगलबार श्रीलंकालाई ७ – ० को फराकिलो अन्तरले पराजित गरेको छ।

नेपालको लागी मीना देउवाले ह्याट्रिक (३ गोल) गरीन भने पूर्णिमा राईले २ गोल तथा समिक्षा मगर र सरिता कुमारी नाथले १-१ गोल गरे।

नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई ६-१ गोल अन्तरले पराजित गरेको थियो भने दोश्रॊ खेलमा आइतबार घरेलु टोली बंगलादेशसँग २-३ गोल अन्तरले पराजित भएको थियो  ।

प्रतियोगितामा बंगलादेश ९ अंकसहित शीर्षस्थानमा छ भने नेपाल ६ अंक सहित दोश्रॊ र ३ अंक रहेको भुटान तेस्रो स्थानमा छ। श्रीलंका अंक बिहीन पुछारमा रहेको छ।