अमेरिकामा अध्ययनरत दुई नेपाली विद्यार्थीको सडक दुर्घटनामा दुखद निधन

दुर्घटना

 

अमेरिकामा अध्ययनरत दुई नेपाली विद्यार्थीको सडक दुर्घटनामा दुखद निधन भएको छ। यही जुलाई १३ मा लुइसियाना राज्यमा भएको कार दुर्घटनामा परेर २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीले ज्यान गुमाएका छन भने सोहि कारमा सवार अन्य दुई जना गम्भीर घाइते भएर उपचाररत रहेको जनाइएको छ।

मृतक नेपाली बिद्यार्थीहरु लुइसियाना टेक युनिभर्सिटीमा अध्ययनरत थिए।