आज २१२ औं भानु जयन्ती, देशभित्र र देशबाहिर विभिन्न कार्यक्रम गरी मनाइँदै

भानु जयन्ती

आज आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती देशभित्र र देशबाहिर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

विसं १८७१ साल असार २९ गते तनहुँ जिल्लाको रम्घा चुँदी गाउँमा जन्मिएका भानुभक्त, एउटा सामान्य घाँसीको सोचको प्रेरणाले त्यति बेला संस्कृत भाषामा मात्र पाईने रामायणलाई सामान्य बोलीचालीको नेपाली भाषामा अनुवाद गरी सबैले बुझ्ने गरि प्रकाशित गर्न प्रेरित भएका थिए।

उनका रामायण, वधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता जस्ता नेपाली साहित्यका कृतिहरू प्रकाशित छन् ।

देशभित्र मात्र नभएर देशबाहिर रहेका नेपालीहरुले समेत आदिकवि भानुभक्त आचार्यलाई नेपाली भाषीहरुको एकताको सुचकको रुपमा प्रत्येक बर्ष असार २९ गते उनको जन्मजयन्तीका दिन  विभिन्न कार्यक्रमका साथ  “भानु जयन्ती” मनाइँदै आईरहेका छन् ।