नेपाल चिकित्सक संघको आह्ववानमा चिकित्सकहरुद्वारा आज देशभर आकस्मिक बाहेकका सेवा बहिष्कार
स्वास्थ्य उपचार
नेपाल चिकित्सक संघको आह्ववानमा चिकित्सकहरुले आज देशभर आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका छन्। उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी पछिल्ला केहि मुद्दाहरुमा उपचारमा लापरवाही गरेको भन्दै बिरामीका आफन्तको पक्षमा फैसला सुनाएकोले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै संघले कानुन संशोधनको माग सहित आन्दोलन अघि बढाई रहेको छ। सोहि अनुरुप संघले असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्ववान गरेको थियो।








