नेपाल अभागी बन्दै एफसी महिला एसियन कपको अन्तिम छनोट खेलमा उज्बेकिस्तानसंग पराजित

निर्धारित ९० मिनेटको खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरको पेनाल्टी शूटमा नेपाल ४-२ ले स्तब्ध

काठमाडौं । एएफसी महिला एसियन कपको छनोट खेल अन्तर्गत शनिबार भएको समूह एफको अन्तिम खेलमा नेपाल उज्बेकिस्तानसँग टाइब्रेकरमा पराजित हुँदै छनोट हुन असफल भएको छ ।

निर्धारित ९० मिनेटको खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरको पेनाल्टी शूटमा नेपाल ४-२ ले पराजित भयो ।
टाइब्रेकरमा साबित्रा भण्डारीको प्रहार गोल पोस्टको बारमा लागी असफल भयो र अन्जना रानामगरको प्रहार विपक्षी गोलरक्षकले रोकिन । नेपालका तर्फबाट गिता राना र सबिता रानामगरले गोल गरे भने उज्बेकिस्तानका तर्फबाट चार जना खेलाडीले नै गोल गर्न सफल भए ।

नेपालका लागी साबित्रा भण्डारीले निर्धारित ९० मिनेटको खेलमा २४औं, ७०औं र ७१औं मिनेटमा गरी ३ गोल गरिन् ।

पहिलो हाफको इन्जुरी समयमा उज्बेकिस्तानका खेलाडीले दोहोरो पहेंलो कार्डसहित रातो कार्ड पाउँदै बाहिरिएपछि दोस्रो हाफमा उज्बेकिस्तान १० खेलाडीमा खेलेको थियो ।

नेपालले एफसी महिला एसियन कपको छनोट खेल अन्तर्गतका सबै खेलमा राम्रो खेल्दा खेल्दै हिजोको अन्तिम खेलमा अभागी बन्दै पराजित भए संगै एसियन कप लगाएत अन्य अन्तराष्ट्रिय प्रतियोगिताहरू खेल्ने अवसर समेत गुमाएको छ ।