एएफसी एसियन कप छनोट अन्तर्गत लाओस नेपालसंग ९ – ० गोलको फराकिलो अन्तर सहित पराजित
कप्तानको जिम्मेबारी पाएकी सावित्रा भण्डारी "साम्बा"को ५ गोल सहित ह्याट्रिक
एएफसी एसियन कप छनोट अन्तर्गत उज्वेकिस्तानमा भएको नेपाल र लाओस बीचको खेलमा नेपालले लाओसलाई ९ – ० गोलको फराकिलो अन्तर सहित पराजित गरेको छ। नेपालले अन्तराष्ट्रिय फुटबलमा पाइला राखेको ४० वर्षपछि आफ्नो ऐतिहासिक एक सयऔं खेलमा बिजयी हुँदै इतिहास रचेको छ।
कप्तानको जिम्मेबारी पाएकी सावित्रा भण्डारी “साम्बा”ले खेलमा ह्याट्रिक सहित ५ गोल गरेकी छन्। खेलको ११ औँ मिनेटमा अनिता बस्नेतको गोलमा सुरुवाती अग्रता बनाएको नेपालको जितमा सरु लिम्बु, रश्मी कुमारी घिसिङ, अनिता के सी ले पनि समान १ / १ गोल गरे।
आजको आफ्नो १००औँ अन्तर्राष्ट्रिय खेल खेलेको नेपाली महिला फुटबल टिमको कप्तानको जिम्मेबारी सावित्रा भण्डारी “साम्बा”ले पाएकी हुन्। नेपालको नियमित कप्तानी गर्दै आएकी एञ्जिला तुम्बाप्पो सुब्बाको स्थान आजको खेलमा अन्जना रानामगरले लिएसँगै नेपालका लागी नव नियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डेले कप्तानको जिम्मेबारी सावित्रा भण्डारी “साम्बा”लाई दिएका हुन्।
नेपालले अन्तराष्ट्रिय फुटबलमा पाइला राखेको ४० वर्षपछि आफ्नो ऐतिहासिक एक सय खेलको कोशेढुङ्गा पार गरेको छ। महिला फुटबलमा नेपालले लाओससँग पहिलो पटक खेलेको हो। पछिल्लो फिफा वरियता अनुसार नेपाल १०० स्थानमा छ भने लाओस १०७ स्थानमा छ।
उज्वेकिस्तानमा आइतबारबाट सुरु भएको समूहको आफ्नो पहिलो खेलमा नेपालले जित सहित ३ अंक जोडेको छ ।








