आज असार १५ गते राष्ट्रिय धान दिवस, धान रोप्ने र दहि च्युरा खाने दिन
असार १५, काठमाडौँ । नेपालमा आज असार १५ गते राष्ट्रिय धान दिवस मनाइदै छ । धान रोप्ने र दहि च्युरा खाने दिनका रुपमा पराम्परा देखि असार १५ लाई मानिदै आइराखिएको छ। खेतीपातीको काममा महत्त्वपूर्ण दिनका रुपमा मानिने असार १५ लाई मुठी रोपेर मानो उब्जाउने पर्वका रूपमा पनि लिइन्छ।
अहिले देशभर मनसुनी प्रणाली सक्रिय रहेको छ र यस बर्ष नियमित भन्दा बढी वर्षा हुने पूर्वअनुमान गरिएको छ । खेतीपातीको लागि चाहिने भन्दा अत्याधिक बर्षा र बाढी पहिरोको बिपत्ति नभएको खण्डमा र किसानले समयमा मलखाद पाएमा नेपालमा राम्रो धान खेति हुने अनुमान गर्न सकिन्छ।
आजको दिन सम्म देश भरि जम्मा १५ प्रतिशत मात्र धान खेति भएको समाचारहरु आइरहेका छन् ।








