इरानको आणविक भट्टीहरुमा अमेरिकी आक्रमण
युद्ध
इरानको आणविक हतियार कार्यक्रम र क्षमता नष्ट गर्न अमेरिकाले आइतबार इरानमाथि हमला गरेको छ। इसराइल र इरान बिच १० दिन देखि चलिरहेको युद्ध बिच अमेरिकाले आइतबार तीनवटा इरानी आणविक भट्टीहरुमा आक्रमण गरेको हो।
‘अप्रेसन मिडनाइट ह्याम्मर’ नाम दिएर गरिएको उक्त हमलापछि त्यसले संसार भर चासो बढाएको छ साथै उक्त हमला पछि अब के होला भन्ने चासो सर्वत्र छ। आक्रमणमा १४ बंकर बस्टर बम सहित ७५ वटा बम प्रहार गरिएको थियो जसले इरानी आणविक हतियार कार्यक्रमलाई धेरै नै क्षति पुगेको अनुमान गरिएको छ।








