आइसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालको लगातार दोस्रो जित
खेलकुद
आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नेदरल्याण्ड्सबीचको त्रिकोणात्मक सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ।
स्कटल्यान्डमा बुधबार भएको खेलमा नेदरल्याण्ड्सले दिएको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
नेपालका आरिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै ७८ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले नटआउट ३८ रन , कुशल भुर्तेलले २५ रन, कप्तान रोहित पौडेल २३ रन, आसिफ शेखले १९ रन, भीम सार्कीले ११ रन, गुल्सन झाले नटआउट ११ रन जोडे।
टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ४९.१ ओभरमा २२५ रनमा अलआउट भयो।
नेदरल्याण्ड्सका नाओ क्रोइसले ४८ रन, इडवार्डले ४६ रन, जाच लियोनले २७ रन, विक्रमजिस सिहंले ३८ रन, जाच लियोनले २७ रन, भान डेर मर्वीले २१ रन, म्याक्स ओडाउड ४ रन र माइकल लेभिट १ रन बनाए ।
बलिङमा नेपालका सोमपाल कामीले ३ विकेट तथा करण के सी, सन्दीप लामिछाने र ललित राजवंशीले २-२ विकेट लिए । नेदरल्याण्ड्सका माइकल लेभिटले २ विकेट, भिभियन किङमाले १ विकेट र पल भान मिकेरनले १ विकेट लिए ।
आइसिसी विश्वकप लिग-२ अन्तर्गतको स्कटल्यान्ड विरूद्धको पहिलो खेलमा नेपालले एक विकेटको जित निकालेको थियो।
सिरिजमा सुरुवाती दुई खेलमा जित निकालेसँगै नेपालले १४ खेलबाट १० अंक जोडेको छ। सिरिजको अर्को खेल नेपालले जुन ८ मा स्कटल्याण्डसँग खेल्नेछ ।








