देशभर सार्वजनिक यातायात बन्दले यात्रीहरु मर्कामा
१९ जेठ, काठमाडौँ । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति को आवहानमा यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको विरोधमा आन्दोलनरत यातायात व्यवसायीहरुले आज देशभर लामो तथा छोटो दुरीका सवारी साधन नचलाउँदा यात्रीहरु मर्कामा परेका छन् ।








