आज १८औँ गणतन्त्र दिवस
जनताले लडेर ल्याएको गणतन्त्र दिवस भन्ने तर बिशिस्टहरुको बिचमा मात्र सिमित पारिने राष्ट्रिय पर्वको कार्यक्रम हेर्न सर्वसाधारणलाई सधै कडाइ किन ?
काठमाडौँ । विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकले २४० बर्ष पुरानो राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरे संगै यस पटकको १८औँ गणतन्त्र दिवस बिहीबार राजधानीको टुँडिखेलमा मनाइयो । सोही दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ। जनताले लडेर ल्याएको गणतन्त्र भनेर भनियता पनि यस्तो राष्ट्रिय पर्वको सार्वजनिक कार्यक्रममा सर्वसाधारणले पहुँच पाएको देखिदैन। बिशिस्टहरुको बिचमा मात्र सिमित पारिने राष्ट्रिय पर्वको कार्यक्रम हेर्न सर्वसाधारणलाई सधै कडाइ गरिन्छ।








