भिजिट भिसा प्रकरणमा हालसम्म १५ जना कर्मचारीलाई विमानस्थल अध्यागमनबाट हटाइयो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भिजिट भिसा प्रकरण

भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराई सहित ९ कर्मचारीलाई र आज थप ६ कर्मचारी सहित हालसम्म १५ जनालाई अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट हटाएको समाचार छ ।

भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयमा छापा मारेर प्रमुख भट्टराईलाई नियन्त्रणमा लिई उनको मोबाइल जफत गरेको थियो । हाल उनलाई अख्तियारले अनुसन्धानका लागि उपस्थित हुने गरि छोडे पनि उनको मोबाइल अनुसन्धानका लागि फरेन्सिक ल्याबमा पठाएको जनाइएको छ ।