विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा नियुक्त
अर्थ
लामो समयको रिक्ततापछि मंगलबारको मन्त्रिपरिषद बैठकले विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरका रूपमा नियुक्त गरेको छ। गभर्नर सिफारिस समितिले विश्वनाथ पौडेलसहित नीलम ढुंगाना र दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो।
चितवनको रत्ननगर जन्मेका पौडेलले बाल्यकाल र स्कुले शिक्षा चितवनबाटै पुरा गरेका थिए भने अमृत साइन्स क्याम्पसबाट आइएससी पूरा गरेका हुन्। चीनमा इञ्जिनियरिङ पढेका पौडेलले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्रमा विद्यावारिधि (पिएचडी) गरेका छन्।
२०७८ सालमा पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका थिए । हाल उनी काठमाडौं विश्वविद्यालयमा प्राध्यापक समेत छन्।








