आज वैशाख शुक्ल पूर्णिमा भगवान गौतम बुद्धको जन्म जयन्ती

पर्व

 

काठमाडौं । आज वैशाख शुक्ल पूर्णिमा भगवान गौतम बुद्धको जन्म जयन्ती, विभिन्न कार्यक्रमहरु गरेर मनाइएको छ। आज प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा भगवान गौतम बुद्धको जन्म स्थल लुम्बिनीमा बुद्ध जयन्तीको बिशेष कार्यक्रम सम्पन्न भएको छ ।
बुद्धको जन्म, ज्ञान प्राप्ति र मुत्यु वैशाख शुक्ल पूर्णिमाकै तिथीमा परेकाले यस दिनलाई बुद्ध जयन्तीको रुपमा नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले मनाउने गरेका छन्।
लुम्बिनी विकास कोषले बुद्धको जीवनसंग सम्बन्धित लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदह लगाएतका स्थानहरुमा समेत बुद्धजयन्तीका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ।