नेपाली चलचित्र ‘पिताम्बर’ नयाँ वर्षको अवसर पारेर चैत्र २९ गतेदेखि प्रदर्शनमा
चलचित्र
काठमाडौँ । कृषा चौलागाई निर्देशित चलचित्र ‘पिताम्बर’ नेपाली नयाँ वर्षको अवसर पारेर चैत्र २९ गतेदेखि प्रदर्शनमा आएको छ।
सिनेमामा प्रदीप खड्का, सौगात मल्ल, दयाहाङ राई, प्रमोद अग्रहरीसँगै दिव्या रायमाझि, अनुपविक्रम शाही, सुरक्षा पन्त, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ। ‘पिताम्बर’को पहिलो छायाँकन गतवर्षको चैत्रमा नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै सुरु भएको थियो।
‘पिताम्बर’लाई पुरुषोत्तम प्रधानले छायाङ्कन गरेका छन्। विशाल चौलागाई निर्माता रहेको चलचित्रमा प्रदीप भारद्धाजको लेखन र हिमाल केसीको द्धन्द्व निर्देशन छ।









