बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने दुई दिने अभियान शुरु

वैशाख ६ गते शनिबार र ७ गते आइतबार

६ वैशाख, काठमाडौं । सरकारले वैशाख ६ गते शनिबार र  ७ गते आइतबार राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्ष उमेरका देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन सुरु गरेको छ । दुई दिने अभियान अन्तर्गत एक देखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ महिनाभन्दा माथिका बालबालिकालाई ‘बालभिटा’ पोषणयुक्त आहार दिने तथा नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिकालाई खोप पनि दिइने जनाइएको छ ।