आइसिसी यु-१९ विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम निर्णायक खेल वर्षाले रद्द

अफगानिस्तान यु-१९ विश्वकपमा छनोट, नेपाल अभागी

६ वैशाख, काठमाडौं। आज आइसिसी यु-१९ विश्वकप एसिया छनोट अन्तर्गतको अफगानिस्तान र नेपाल बिचको अन्तिम निर्णायक खेल वर्षाले रद्द हुँदा अफगानिस्तान तालिकाको शीर्ष स्थानमा रहँदै यु-१९ विश्वकपमा छनोट भएको छ।

शुक्रबार रातिदेखि नै काठमाडौँमा भैरहेको वर्षाले गर्दा तल्लो मूलपानी क्रिकेट रंगशालामा हुनुपर्ने खेल रद्द हुँदा दुवै टिम अङ्क बाँड्न बाध्य भए। समान सात अंक रहे पनि नेट रनरेटमा नेपाल भन्दा अगाडि भएको कारण अफगानिस्तानले जिम्बाबे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने २०२६ को विश्वकपमा स्थान बनाएको छ।

यस अघि नेपालले  छनोट अन्तर्गत ओमान, हङकङ र युएईसँग भएका खेलहरुमा अपराजित रहदै अगाडी बढेको थियो।