पहाडी र हिमाली जिल्लाहरुमा होलि पर्व मनाइदै

पर्व

नेपालमा प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन भन्दा एक साताअघि नै विशेष पूजाअर्चना गरी काठमान्डौको वसन्तपुरमा विधिपूर्वक चीर ठड्याइएसँगै देशभर सास्कृतिक र ऐतिहासिक महत्व बोकेको  फागु पर्वको उल्लास सुरू हुन्छ। आज फागुन शुक्ल पूर्णिमाको दिन नेपालको पहाडी र हिमाली जिल्लाहरुमा होलि पर्व धुमधामका साथ मनाइदै छ। यस अवसरमा मानिसहरूले एकअर्कालाई रङ लगाएर शुभकामना दिने गरिन्छ। होलि पर्वले मानिसहरूमा आपसी प्रेम र सद्भावना बढाउन महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ । तराई क्षेत्रमा भने फागु शुक्ल पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइन्छ। पर्व मर्यादित र सुरक्षित साथ मनाउन प्रशासनले जबर्जस्ती र इच्छाविपरीत रङ दल्ने र पानी छ्यापने कार्यलाई निषेध गर्दै आएको छ।