पुर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउदा ठूलो प्रदर्शन सहित राजतन्त्र समर्थकहरुको स्वागत

राजनीति

काठमाडौं,२५ गते आइतबार, पुर्व राजा ज्ञानेन्द्र शाह हवाई मार्ग हुदै पोखराबाट काठमाडौं आउदा ठूलो जनप्रदर्शन सहित राजतन्त्र समर्थकहरुले स्वागत गरेका छन् । जसमा हजारौंको संख्यामा राजतन्त्र समर्थकहरुले पूर्व राजा ज्ञानेन्द्रलाई स्वागत गर्दै राजतन्त्र पुनःस्थापनाको माग राखे। एअरपोर्टबाट सुरु भएको प्रदर्शन काठमाडौंका विभिन्न सडकहरू हुँदै निर्मल निवास सम्म पुगेको थियो। प्रदर्शनमा सहभागीहरूले नेपालको राष्ट्रिय झण्डा र राजतन्त्रका नाराहरू बोकेका थिए।