नेपाल कराँते महासंघको कार्यसमिति बैठक सम्पन्न, चैत ९ गते निजगढमा वार्षिक साधारण सभा हुने
खेलकुद
नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामाको अध्यक्षतामा नेपाल कराँते महासंघको कार्यसमिति बैठक फागुन २१ गते सम्पन्न भएको छ। बैठकले चैत ९ गते निजगढ नगरपालिकामा संघको वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ ।
कार्यसमिति बैठकका निर्णयहरु यस प्रकार छन् ।
१. वार्षिक साधारणसभा ९ चैत २०८१ मा निजगढ नगरपालिकामा आयोजना गरिने।
२. नेपाल कराते महासंघको विधानलाई विश्व कराते महासंघको निर्देशनअनुसार संशोधन गरिने।
३. साधारणसभा समारोह समिति सदस्यहरू मजेन्द्र सिंह, गजेन्द्र सावद र दिलीप राजभण्डारी रहने।
४. विश्व कराते महासंघ र एसियाली कराते महासंघको शुल्क सम्बद्ध संघसंस्थाहरूको सदस्यता शुल्कबाट तिर्ने।
५. सदस्य सञ्जय कुमार राईको राजीनामा स्वीकृत गरिएको तथा नेपाल सितोरियो कराते संघ सदस्य मिलन प्रसाई निलम्बित भएकाले महासंघको सदस्यता स्वतः रिक्त भएको।
६. कोषाध्यक्ष किशोर भट्टराईलाई राष्ट्रिय टिम म्यानेजर तथा राष्ट्रिय कराते एकेडेमी प्रमुखका रूपमा नियुक्त गरिएको र डा शिवराज भट्टलाई सदस्यका रूपमा नियुक्त गरिएको।
७. नेपाल कराते महासंघको प्राविधिक समितिको प्रमुखका रूपमा महेश कुमार श्रेष्ठलाई अनुमोदन गरिएको।
८. रेफ्री आयोगका लागि कार्यादेश नेपाल कराते महासंघद्वारा स्वीकृत गरिएको।
नेपाल कराँते महासंघ








