शानदार म:म पसल कमलपोखरीमा ग्यास लिक भई दुर्घटना हुँदा घाइते भएका उपचारत थप एकजनाको मृत्यु

दुर्घटना

गत माघ २३ गते शानदार म:म पसल कमलपोखरीमा ग्यास लिक भई दुर्घटना हुँदा घाइते भएका किर्तिपुरस्थित बर्न अस्पतालमा उपचारत थप एकजनाको आज राती मृत्यु भएको छ, यस संगै मृत्यु हुनेको संख्या ४ पुगेको छ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका धुनखर्क घर भई हाल काठमाडौँ कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामा छन्।

यसअघि उदयपुरको उदयपुरगढी-७ घर भई हाल काठमाडौँ बस्ने २२ वर्षीय प्रदीप तामाङ, मकवानपुरको मनहरी गाउँपालिका-५ डिल्लीपुरका १८ वर्षीय रविन राई र उदयपुरको कटारी नगरपालिका-८ गालटारका २५ वर्षीय भीमबहादुर घले मगरको उपचारका क्रममा मृत्यु भइसकेको छ।
हाल उक्त दुर्घटनामा घाइते सात जनाको उपचार भइरहेको छ। रासस