नेपाललाई ओलम्पिक इतिहासमा पहिलो पदक
खेलकुद
नेपालले सन् १९६४ मा जापानको टोकियोबाट शुरु गरेको ओलम्पिक यात्रामा ६० बर्ष पछि पहिलो पदक प्राप्त गरेको छ। फ्रान्सको पेरिसमा भएको २०२४ को पारा ओलम्पिकमा नेपाली पारा तेक़्वान्डो खेलाडी पलेशा गोवर्धनले ऐतिहासिक पहिलो ओलम्पिक पदक जित्न सफल भइन। पारा ओलम्पिकको तेक़्वान्डोको के-४४ बिधा अन्तर्गत महिला ५७ केजी तौल समुहमा सर्बियाकी मरिजा मिचेभलाई पराजित गर्दै ऐतिहासिक पहिलो ओलम्पिक पदक नेपाललाई दिलाउन सफल भइन।








