ओलम्पिकमा सहभागी नेपाली खेलाडीहरुको चुनौती सकिदै, ब्याडमिन्टनका प्रिन्स दाहालले सोमबार आफ्नो दोश्रो खेल पनि गुमाए

खेलकुद

फ्रान्सको राजधानी पेरिसमा जारी ३३ औं गृष्मकालीन ओलम्पिकमा सहभागी नेपाली खेलाडीहरुको चुनौती  सकिदै गइरहेको छ।

सोमबारसम्म पेरिस ओलम्पिकमा सहभागी नेपालका ५ जना खेलाडी्हरुको चुनौती समाप्त भइसकेको छ। जुडोकी मनिता श्रेष्ठ प्रधान, पौडीकी डुवाना लामा, टेबलटेनिसका श्यान्टु श्रेष्ठ र सुटिङकी सुस्मिता नेपाल बाहिरिसकेका छन् ।

प्रिन्स दाहालले सोमबार समूह चरणको आफ्नो दोश्रो खेल पनि आयरल्यान्डका हात गुयेनसँग गुमाएका छन् । मंगलबार हुने नेपालको एक मात्र प्रतिस्पर्धामा पौडीका एलेक्जेन्डर शाहले पुरुष १ सय मिटर फ्रिस्टायलमा सहभागी हुनेछन् । समुह चरणका अघिल्ला दुई खेलमा पराजित ब्याडमिन्टनका प्रिन्स दाहालले पनि आफ्नो समुह चरणको अन्तिम खेल खेल्न भने बाकी छ।

 

विभिन्न देशबाट विभिन्न खेलविधाका लागि ६ हजार ८०० खेलाडी सहभागी यसपालिको ओलम्पिकको उद्घाटन समारोह कुनै स्टेडियम भित्र नभएर पेरिस सहरको सेन नदी किनारमा पृथक र ऐतिहासिक तरिकाले सम्पन्न भएको थियो।

यस ओलम्पिकमा भाग लिने नेपाली खेलाडीहरुमा टेबुल टेनिसका खेलाडी स्याण्टु श्रेष्ठ ,जुडो्की मनिता श्रेष्ठ प्रधान, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, स्विमिङकी डुवाना लामा र एलेक्जान्डर शाह, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङ् की सुस्मिता नेपाल छन्। नेपालको ओलम्पिकमा यो १५ औं सहभागी्ता हो।