कक्षा १२ को नतिजा सार्वजनिक

शिक्षा

राष्ट्रिय परीक्षा बोर्डले मंगलबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
सार्वजनिक नतिजा अनुसार यो वर्ष ५०.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ४९.०९ प्रतिशत विद्यार्थीको नन ग्रेडेड (एनजी) आएको छ, जुन गत वर्षको तुलनामा केही सुधार आएको हो । गत वैशाख २६ देखि जेठ ५ गतेसम्म सम्पन्न परीक्षामा नियमित तर्फ ३ लाख ७२ हजार ६३७ विद्यार्थी सहभागी भएका थिए ।