वैदेशिक रोजगारीमा गएर फर्किने नेपालीले दुई वटा मोबाइल ल्याउन पाउने
सरकारले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएर कम्तीमा ६ महिना काम गरेर फर्किने नेपालीलाई दुई वटा मोबाइल भन्सार नतिरी ल्याउन पाउने व्यवस्था गर्दै झिटीगुन्टा सम्बन्धी व्यवस्था संशोधन गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले यो निर्णय गरेको हो।








