एसीसी प्रिमियर कपको फाइनलमा सोमबार नेपाल र यूएई भिड्दै
खेलकुद
काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटको आज भएको सेमिफाइनलबाट नेपाल र यूएई फाइनलमा पुगेका छन् ।
किर्तिपुर र मुलपानी मैदानमा आज भएका दुबै सेमिफाइनल खेलहरु वर्षाले प्रभावितन भएपछि, नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको आधारमा कुवेतलाई रोक्दै फाइनलमा पुगेको छ भने यूएईले डीएलएस प्रणालीका आधारमा ओमानलाई २ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।
तेस्रो स्थानका लागि आइतबार कुवेत र ओमान तथा फाइनल खेल नेपाल र यूएई विच सोमबार हुनेछ।








