प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मनोनयनपत्र दर्ता सम्पन्न

खेलकुद

काठमाडौँ। आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम सोमबार तीन वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा सम्पन्न गराएको छ । सोमबार चितवन–२, तनहुँ–१ र बारा–२ मा उम्मेदवारहरुले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनपत्र दर्ता गराएका थिए जसअनुसार चितवन–२ मा २४ जना, तनहुँ–१ मा ९ जना र बारा–२ मा ३६ जना गरि जम्मा ६९ जनाको उम्मेदवारी परेको छ । मनोनयनपत्र दर्ताका लागि निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकेको थियो।