प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट मन्त्रिपरिषद् पुनगर्ठन

राजनिति

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातौं पटक मन्त्रिपरिषद् पुनगर्ठन गरेका छन् ।
अब प्रचण्ड नेतृत्वको सरकारमा १६ मन्त्री र एक राज्यमन्त्री गरेर १७ जना मन्त्रि भएका छन् ।
नवनियुक्त १२ जना मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका छन् ।
कांग्रेसबाट पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री भएका छन् । माओवादीबाट उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको जिम्मेवारी हेरफेर गरी भौतिक पूर्वाधारबाट गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ भने शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भएका छन् । एकीकृत समाजवादीबाट वेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् ।
जसपाबाट अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् । लोसपाबाट शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री तथा नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ चौधरीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै नेपाल समाजवादी पार्टीबाट महिन्द्र राय यादवलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेका छन् ।
सत्ता साझेदार दलभित्रै समझदारी बन्न नसक्दा ६ मन्त्रालय अझै रिक्त रहेका छन् ।