नेपाल कराते महासंघको अध्यक्षमा युवराज लामा चयन

खेलकुद

काठमाडौँ । चितवनमा सम्पन्न नेपाल कराते महासंघको महाधिवेशनले राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव एवं करातेका संस्थापक मध्येका एक युवराज लामाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्य समिति निर्विरोध चयन गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी तथा उपाध्यक्षमा प्रकाशमोहन धौभडेल, देवकुमार लामा, मकेन्द्रबहादुर सिंह, ओमकृष्ण प्रसाईं, मजिन्द्र सिंह र श्याम शेर्पा रहेका छन् । त्यस्तै महासचिवमा दावा गुरुङ, सचिवमा ध्वजमान मोक्तान र बलराम मित्र तथा कोषाध्यक्षमा किशोर भट्टराई चयन भएका छन ।

सदस्यहरुमा रामबहादुर सिंह ठकुरी, सञ्जयसुन्दर सैजु, रवि महर्जन, हिक्मत थपलिया, ताराप्रसाद ओली, यादव काफ्ले, राजेन्द्र बराल र शशिकुमार तितुङ चयन भए ।

मनोनित सदस्यहरुमा कमला राना र सञ्जयकुमार राई छन । सल्लाहकारमा दीपेश शाक्य, विष्णु कार्की, निवासगोपाल वैद्य, हरि विष्ट र गणेश कार्कीलाई चयन गरेको छ।

साधारणसभामा सितोरियो, वादोरियो, सोतोकान र गोजुरियाका  प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।