प्रधानमन्त्री कप त्रिदेशीय फुटबलमा नेपालले लाओसलाई हराउँदै विजयी सुरुवात

खेलकुद

८ चैत, काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा नेपालले लाओसलाई २-० ले हराउँदै विजयी सुरुवात गरेको छ । नेपालका लागि ३० औं मिनेटमा अनन्त तामाङले र ५६ औं मिनेटमा नवयुग श्रेष्ठले १ / १ गोल गरे ।
प्रतियोगितामा नेपाल, भुटान र लाओसका राष्ट्रिय टोलि प्रतिस्पर्धा गरिरहेका छन। फिफा वरियतामा नेपाल १७५ ,लाओस १८७, भुटान १८५ औं स्थानमा छन् ।
यस प्रतियोगिताबाटै नेपालका नयाँ प्रशिक्षक भिन्सेन्ट अल्बर्टो एनेसले जिम्मेवारी सुरु गर्दैछन् । आजको खेलमा नेपाली राष्ट्रिय फुटबल टिमबाट चार जना खेलाडिले अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका छन्।  प्रतियोगिता चैत १७ सम्म चल्ने छ।