उपराष्ट्रपति रामसहायप्रसाद यादवले लिए पद तथा गोपनीयताको शपथ
राजनिति
काठमाडौं ।
सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा विशेष कार्यक्रमकाबीच उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।
यही चैत ३ गते उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामसहाय प्रसाद यादवले संघतर्फ १८४ र प्रदेशतर्फ ३२९ सांसदको मत पाएर एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै निर्वाचित भएका थिए । निर्वाचनमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत गरि ८२९ मत खसेको थियो ।
निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको कार्यकाल चैत ४ गते सकिएको थियो ।








