डकवर्थ लुईस नियम अनुसार युएईलाई ९ रनले पराजित गर्दै नेपाल एकदिवसीय विश्वकपको छनोटमा

खेलकुद

नेपाल एकदिवसीय विश्वकपको छनोटमा पुगेको छ। लिग २ को अन्तिम खेलमा नेपालले युएईलाई आज डिएल मेथडमा ९ रनले पराजित गर्दै विश्वकप छनोटमा पुगेको हो। यो जितसँगै आइसिसी विश्वकप लिग २ को तेस्रो स्थानमा उक्लिँदै नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपको ग्लोबल छनोटमा सिधै छनोट भएको छ।

त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज युएईबाट ६ विकेट्को क्षतिमा ३११ रनको उच्च कीर्तिमानी लक्ष्य पाएको नेपालले ४४ ओभर खेल्दै ६ विकेट गुमाएर २६९ रन बनाएको स्थितिमा खराब प्रकाशका कारण अम्पायरले खेल रोके पछि नेपाल डक वर्थ लेविस मेथडका आधारमा ९ रनले विजयी भयो । नेपाललाई जिताउन भीम कार्की ६७, आरिफ शेख ५२ र कुशल भुर्तेलले ५० रन बनाए भने गुल्सन झा ५० रनमा नटआउट रहे । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए तथा सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजवंसीले एक एक विकेट लिए ।

नेपालले आउँदो जुन जुलाइमा जिम्बाबेमा हुने विश्वकप छनोट खेल्ने छ ।