नेदरल्यान्ड्स र इंग्ल्याण्डको बिजयी शुरुवात, अमेरिका र वेल्स बिच १-१ गोलको बराबरी

खेलकुद

कतारमा सन्चालन भैरहेको २२औं संस्करणको फिफा विश्वकप २०२२ प्रतियोगिता अन्तर्गत सोमबार राति ३ खेलहरु भएका थिए। जस अन्तर्गत नेदरल्यान्ड्स र इंग्ल्याण्डले बिजयी शुरुवात गरेका छन् भने अमेरिका र वेल्स बिच १-१ गोलको बराबरीमा खेल सकिएको छ।

फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘ए’ को खेलमा नेदरल्यान्ड्सले सेनेगललाई २-० गोलले पराजित गरेको छ।

समूह ‘बी’ को अर्को खेलमा इंग्ल्याण्डले इरानलाई ६-२ ले पराजित गरेको छ ।

त्यस्तै समूह ‘बी’ को दोस्रो खेलमा अमेरिका र वेल्सले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।