फिफा विश्वकप २०२२ सुरु, उद्घाटन खेलमा आयोजक कतार इक्वेडरसँग २–० ले पराजित

खेलकुद

आजदेखि फिफा विश्वकप २०२२ कतारमा सुरु भएको छ। २२औं संस्करणको फिफा विश्वकप २०२२ प्रतियोगिता कतारमा २० नोभेम्बर देखि १८ डिसेम्बर २०२२ सम्म हुनेछ। प्रतियोगितामा विश्वभरका ३२ टिम सहभागी छन । यो विश्वकप अरब क्षेत्रमा आयोजना भएको पहिलो फिफा विश्वकप हो ।

अल बेत स्टेडियम, अल खोरमा भएको उद्घाटन खेलमा आयोजक कतार र दक्षिण अमेरिकी राष्ट्र इक्वेइडरसँग २–० ले पराजित भएको छ।