अपरान्ह १२ : ४५ बजेसम्म करिब ३२ प्रतिशत मतदान

निर्वाचन

आइतबार १ः०० बजे निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनको जानकारी अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि आज भइरहेको मतदान छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहपूर्वक रूपमा भइरहेको छ । अपरान्ह १२ : ४५ बजेसम्म करिब ३२ प्रतिशत मतदान भएको छ ।

सामान्य विवादका कारण केही समय मतदान रोकिएका मतदान केन्द्रमा पुनः मतदान सुचारु भइसकेको र केही मतदान केन्द्रहरूमा मतदान कार्य सुचारु गर्न राजनीतिक दल एवं उम्मेदवाहरूबीच छलफल भइरहेको जनाइएको छ।

मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय रोकिएको मतदान कार्य सुचारु गर्न र स्थगित गर्नै पर्ने भए निर्वाचन आयोगसँगको परामर्शमा मात्र गर्न आयोगले मतदान अधिकृतहरूलाई निर्देशन दिएको बताइएको छ ।

मतदाता नामावली नाम नभेटिएमा आयोगको कल सेन्टर निशुल्कः टोल फ्रि नम्बर ११०२ मा फोन गरेर जानकारी लिन सकिनेछ ।