निर्वाचन मौन समय सुरू

राजनिति

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि निर्वाचन आचारसंहिता अनुसार मौन समय बुधबार मध्यराति १२ बजेपछि सुरू हुनेछ। दलहरू्को चुनाव प्रचारप्रसारको समय बुधबार राति १२ बजे सम्म मात्र हुनेछ ।

निर्वाचन आयोगले कात्तिक १७ गतेदेखि मंसिर १ गते मध्यरात प्रचारप्रसारका लागि समय दिएको थियो। मौन अवधिमा उम्मेदवारहरू र दलहरूले प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, सभा, सम्मेलन, गोष्ठी गर्न पाउने छैनन्।